डडेलधुरामा रहेका ओलीले गरे सभापति देउवासँग मोबाइलमार्फत् कुराकानी

काठमाडौं । महाकाली–मेची अभियानको सिलसिलामा डडेलधुरामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग मोबाइलमार्फत् कुराकानी गरेका छन् ।

देउवाको गाउँ गन्यापधुरा नजिक बसेका ओलीले त्यहीँबाट देउवासँग मोबाइलमा कुराकानी गरेका हुन् । कुराकानीको करिब ४० सेकेण्डको भिडियो उनले सामाजिक सन्जालमा पोष्ट गरेका छन् । ओलीले ‘जय नेपाल’ भन्दै कुराकानी सुरु गरेका छन् । उनले आफूहरु डडेलधुरा बजारभन्दा अलि तलतिर बसेको र गन्यापधुरा छेवैंबाट फोन गरेको बताउँछन् ।

ओलीले ‘तपाईंको जिल्ला आएको बेला यसो सम्झेको नि’ भन्छन् । उताबाट बोलेको स्पष्ट सुनिँदैन । तर ओलीले ‘थ्यांक्यु’ भन्दै ‘अनि त्यता सबै राम्रो छ नि ’ भनेर सोधेका छन् ।

संवादका क्रममा देउवाले डडेल्धुरामा स्वागत छ भनेका छन् । ‘मेरा मित्र शेरबहादुर देउवाको गृहजिल्ला । यहाँ आएपछि उहाँलाई कल गरौं भन्ने लाग्यो। उहाँले आफू काठमाडौंमा भए पनि डडेल्धुरामा स्वागत छ भन्नुभयो । धन्यवाद शेरबहादुरजी,’ ओलीले लेखेका छन्, ‘सचिवालयले गुडविल कलका रूपमा यसको भिडियो पनि बनाएको रैछ । त्यसैले यसलाई पोस्ट गरेको छु ।’

ओलीले देउवालाई गरेको फोनलाई लिएर अहिले सामाजिक सञ्जालमा चर्चा परिचर्चा भइरहेको छ । ओलीको कदमको धेरैले प्रशंसा गरेका छन् । यसलाई नेपाली संस्कारको रुपमा धेरैले सकारात्मक टिप्पणी गरेका छन् ।

भिडियो हेनूहोस्

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *