आइतबार पनि सेयर बजारमा गिरावट , ९६ करोड ४० लाख बराबरको कारोबार

काठमाडौं । आइतबार सेयर बजारको परिसूचक नेप्से ७.२९ अंक घटेको छ ।

आज सहित लगातार पाँचौ कारोबार दिन नेप्से घटेको हो । अघिल्ला कारोबार दिनहरु सोमबार ११, मंगलबार २, बुधबार १७.९ र बिहीबार १८ अंकले बजार घटेको थियो । आइतबारको कारोबारपछि नेप्से १८५१ विन्दुमा कायम भएको छ । साथै कुल ९६ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि बिहीबार १ अर्ब ३२ करोडको कारोबार भएको थियो । कुल ९४ कम्पनीको मूल्य बढ्दा १३६ को घट्यो भने १० को स्थिर रहन पुग्यो ।

माइक्रोफाइनान्स समूह जम्मा २ अंक बढ्यो भने अरु सबै समूहहरु घटेका छन् । बैंकिङ ५, विकास बैंक १६, फाइनान्स ९, होटल तथा पर्यटन २७, जलविद्युत् ९, जीवन बीमा २५, उत्पादन ११, निर्जीवन बीमा ४२, अन्य ७ र ब्यापार उपसमूह १३ अंक घटेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *