एनसेलले दिएको अभिव्यक्तिप्रति सांसदहरूको आपत्ति

काठमाडौं । आजियटाको सीईओले नेपालमा वैदेशिक लगानीको वातावरण नभएको अभिव्यक्ती दिएपछि सांसदहरुले आपत्ति जनाएका छन् ।

रास्पा संसद विराजभक्त श्रेष्ठ र रास्वपा उपसभापति स्वर्णिम वाग्लेले कुनै पनि कम्पनीले नेपालमा लगानीको संभावना नभएको भन्दै दिएको अभिव्यक्तीलाई नेपाली राजनीति दलहरुले गम्भिर रुपमा लिनुपर्ने बताएका छन् । सांसद वाग्लेले आजियटा ग्रुपकै सीईओलाई नै पत्र काट्नुपर्ने बताउँदै नेपालको लगानीको विषयमा अर्थ समितिमा बोलाउनुपर्ने बताए । सीईओ सुदले नेपालमा लगानीको वातावरण नभएको र नेपालबाट बाहिरिनु सेयर सदस्यको हित भनेकाले लगानीको वातावरण खराब हुने भएकाले सीईओलाई पत्र काट्न आवश्यक रहेको समेत बताए ।

रास्वपाका उपसभापति एवं सांसद स्वर्णिम वाग्ले र संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले एनसेलको बिक्रीले उजागर गरेका आर्थिक कुशासन र लगानी विकर्षणबारे नीतिगत समीक्षाको माग गर्दै संसदको अर्थ समितिका सभापतिलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

गंगा कार्कीले एनसेलको यस्तो अभिव्यक्ती नेपालका लागि ठिक नभएको उल्लेख गरिन् । कंग्रेस सांसद दीपक खड्काले पनि नेपालको कानुन निरीह हुँदा अर्थतन्त्र माफियाको हातमा परेको बताए । खड्काले भने झैँ नेपालमा कानुन राम्रो भएपनि प्रभावकारी कार्यन्वयनको अभावमा अर्थतन्त्रमा कमिला लाग्ने गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *