लिओनल मेसी ‘एथ्लेट अफ दि इअर’ घोषित

काठमाडौं । अर्जेन्टिनाका फरवार्ड लिओनल मेसीले टाइम म्यागजिनको ‘एथ्लेट अफ दि इअर’ अवार्ड जितेका छन् ।

गत जुलाईमा इन्टर मायमीमा अनुबन्ध भएका मेसीकै उत्कृष्ट प्रदर्शनमा सो क्लब लिग्स कपको उपाधि जितेको थियो । उपाधि क्लबकै इतिहासमा पहिलो थियो । उनले सबैखाले प्रतियोगितामा गरी १४ खेलमा ११ गोल गरेका थिए ।

अक्टोबरमा उनले आठौं पटक बालोन डे’ओर अवार्डसमेत जितेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *