महाकाली र हर्षित सहकारीबीच एकिकरण


काठमाण्डौ । महाकाली साकोस र हर्षित साकोसबीच एकिकरण भएको बागमती प्रदेश सँस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले प्रमाणपत्र प्रदान गरेको हो । दुवै संस्थाको एकिकरणपछि अब महाहर्षित बचत तथा ऋण सहकारी संस्थाको नामबाट वित्तीय कारोबार हुनेछ। प्रदेश सहकारी ऐन २०७६ को दफा १२ को उपदफा १ बमोजिम एकिकरणको प्रमाणपत्र प्रदान गरिएको हो। यस अघि महाकाली र हर्षित सहकारीले संयुक्त रुपमा साधारणसभाको आयोजना गरी एकिकरणको प्रस्ताव पारित गरेका थिए।

एकीकरण पछि संस्थाको कुल कारोबार १८ करोड ५० लाख र शेयर पुँजी ५ करोड ६० लाख पुगेको छ । त्यसैगरी बचत ११ करोड र ऋण लगानी १२ करोड ९१ लाख पुगेको छ । महाहर्षित सहकारीको अध्यक्ष बालकुमार बास्तोला, उपाध्यक्षमा बिना पराजुली, सचिवमा हरिशरण सिवाकोटी, कोषाध्यक्षमा तिलक बहादुर खड्का र सदस्यहरुमा सागर कुमार घिमिरे, इन्द्र थापा तथा अन्जु दाहाल पोखरेल रहेका छन् भने लेखा सुपरीवेक्षण समितिको संयोजकमा विनोद पराजुली र सदस्यहरुमा कमल नेपाल र लालबहादुर बस्नेत रहेका छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *