राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनावका लागि दल दर्ता गर्न आह्वान गरेको छ ।
सरकारले राष्ट्रिय सभाका रिक्त हुने १९ सदस्य पदका लागि चुनावको मिति घोषणा गरेपछि आयोगले शुक्रबार दल दर्ताको सूचना प्रकाशित गरेको हो ।

आयोगले राष्ट्रिय सभा सदस्य चुनावका लागि मंसिर २४ गतेदेखि २९ गतेसम्म दल दर्ता गर्नका लागि समय तोकेको छ ।
फागुन २० गते रिक्त हुने २० जना राष्ट्रिय सभा सदस्यमध्ये १९ पदका लागि सरकारले माघ ११ गते चुनावको मिति घोषणा गरेको हो । रिक्त १ जना राष्ट्रिय सभा सदस्य भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *