नेपालि नागरिक सबैभन्दा ठूलो आजित कुशासनमा छन् : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिक कुशासनले सबैभन्दा आजित भएको बताएका छन् ।

कुशासन नियत वा अयोग्यतासँग जोडिएको चर्चा गर्दै महामन्त्री थापाले एउटा काण्ड सेलाउन नपाउँदै अर्को काण्ड चर्चामा आउने गरेको बताए । ‘ नागरिक सबैभन्दा ठूलो आजित केही कुरालाई भएको छ भने कुशासनले भएको छ । एउटा काण्ड सेलाउन पाएको हुँदैन, अर्को काण्ड आउँछ,’ थापाले भने,‘केही समय अगाडीसम्म सुनकाण्ड थियो । शरणार्थी काण्ड थियो । अब एनसेल काण्ड आयो । ५/७, १०/१२ दिन सम्म सबैतिर यही काण्ड घुम्छ । यो सेलाउन पाएको हुँदैन, अर्को काण्ड आउँछ ।’

कांग्रेसको मुखपत्र नेपाल पुकारको नयाँ अंक सार्वजनिक कार्यक्रममा बोल्दै थापाले सुशासन कांग्रेसको वाचा मात्रै नभई त्यसैको लागि जन्मिएको पार्टी भएको दाबी गरे । कांग्रेस सरकारमा रहेको, ठूलो दल भएको, कांग्रेसकै अनुसार देश अघि बढिरहेको बेलामा किन कुशासनका घटना भइरहेका छन्रु भनि थापाले आफ्नै दललाई प्रश्न गरे ।

नेपाली कांग्रेसको जन्महुनु अघि देखि प्रकाशित नेपाल पुकारलाई आइतरबारदेखि पुन प्रकाशन सुरु गरिएको छ । कांग्रेसको मुखपत्र नेपाल पुकार २०५४ सालसम्म प्रकाशित भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *