यू–१९ एसिया कप : दोस्रो खेलमा लगातार नेपाल पराजित

काठमाडौँ । जारी यू–१९ एसिया कपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ ।

आइतबार भएको खेलमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको हो । नेपाल पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो । अफगानिस्तानले प्रस्तुत गरेको २ सय ६२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४०.१ ओभरमा सबै विकेट गुमाएर १ सय ८८ रन मात्र बनाउन सक्यो । नेपालका लागि ओपनर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गरे पनि टोलीलाई जीतसम्म डोर्‍याउन भने सकेनन् ।

उनले मात्र १ सय ८ बलमा ९१ रन बनाएका थिए तर टोलीलाई जित दिलाउन भने असफल बने ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले जमसिद जादरानको शतकीय पालीको मद्दतले ४९.३ ओभरमा सबै विकेट गुमाएर २६१ रन बनाएको थियो । रिटायर्ट आउट हुन अघि जादरानले १५२ बलमा १ सय ६ रन बनाए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *