एम्बुलेन्समार्फत चरेस ओसारपसार, चालक पक्राउ

कैलाली । धनगढीमा झण्डै तीन किलो चरेससहित एम्बुलेन्स चालक पक्राउ परेका छन् ।

प्रहरीले सोमबार बझाङको रायल स्वास्थ्य केन्द्रको एम्बुलेन्सका चालकलाई २ किलो ८ सय ग्राम चरेससहित पक्राउ गरेको हो । उक्त एम्बुलेन्स बझाङबाट बिरामी बोकेर धनगढी आएको थियो ।

पक्राउ पर्नेमा एम्बुलेन्स चालक बझाङको केदारस्युँ गाउँपालिका ३ का ३७ वर्षीय रामबहादुर खाती छन् । उनीविरुद्ध थप अनुसन्धान भइरहेको धनगढी प्रहरीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *