प्रभु महालक्ष्मी लाइफको लक इनमा रहेको सेयर खुला हुने

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको लक इनमा रहेको सेयर पुस ९ गतेदेखि खुला हुने भएको छ । इन्स्योरेन्सको ३ करोड १ लाख १ हजार ७० कित्ता संस्थापक सेयर र २ लाख ५५ हजार ३६ कित्ताको लक इनको समय समाप्त हुने भएकाले सेयर खुला हुने कम्पनीले जनाएको छ ।

नेपाल धितोपत्र बोर्डको गत मंसिर २५ गतेको निर्देशन बमोजिम कम्पनीले संस्थापक तथा सर्वसाधारण (कर्मचारी)को स्वामित्वमा रहेको सेयरको लक इन खुला बारे जानकारी गराएको हो । कम्पनीका अनुसार ३ करोड ६३ लाख ७२ हजार कित्ता सेयर संस्थापक र ३ लाख २८ हजार ९ सय ९८ कित्ता सेयर सर्वसाधारण समूहको लक इनमा रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *