बिहीबार नेपाली बजारमा सुनको मूल्य २ हजार ८०० ले बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले बढेको छ । महासङ्घका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ८०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ४५ रुपैयाँले बढेर १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *