नाडाको अध्यक्षमा करण चौधरी


काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा)को अध्यक्षमा करण चौधरी सर्वसम्मत चयन हुने भएका छन् । मंगलबार नाडाका पदाधिकारीसहितको बैठकले चौधरीलाई पूर्ण कार्यकालका लागि अध्यक्ष बनाउने सहमति गरेको नाडाका वर्तमान महासचिव सुरेन्द्रकुमार उप्रेतीले जानकारी दिए । नाडाका वर्तमान अध्यक्ष ध्रुव थापा र उपाध्यक्ष निराकार श्रेष्ठले पनि दुईवर्षे पूर्ण कार्यकालका लागि चौधरीलाई सर्वसम्मतरूपमा अध्यक्षमा चयन गरिएको बताए ।

चौधरी सीजी होल्डिङ्सका कार्यकारी निर्देशक हुन् । उनलाई प्रतिस्पर्धी गोल्छा ग्रुपका आकाश गोल्छा र सिप्रदी ट्रेडिङका सीईओ राजनबाबु श्रेष्ठले समर्थन गरेका हुन् । नाडा अटोमोबाइल्स एशोसिएनस अफ नेपालले पुस २० र २१ गते ४७ औँ वार्षिक साधारण सभा र निर्वाचन गर्ने भएको छ । अध्यक्ष सर्वसम्मत भएपछि अब २४ जना केन्द्रीय कार्य समिति सदस्य छानिने छन् । ती सदस्यले उपाध्यक्षलगायत पदाधिकारी छान्ने छन् । तर, त्यसका लागि पनि सहमतिमै चयन गर्ने तयारी भइरहेको नाडाका वर्तमान अध्यक्ष थापाले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *