आज सुनचाँदीको मुल्य बढ्यो

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल र तेजाबी सुन तोलामै १ हजार रुपैयाँले वृद्धि भएको छ । 

मंगलबार छापावाल सुन १ लाख १८ हजारमा कारोबार भएकोमा आज तोलामा १ हजार रुपैयाँले बढेर १ लाख १९ हजार प्रतितोला पुगेको छ ।  यसअघि मंगलबार १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज १ लाख १८ हजार ४५० रुपैयाँमा पुगेको छ । 

यस्तै, मंगलबार प्रतितोला १४ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय ६५ रुपैयाँ कायम भएको महासंले जनाएको छ ।
 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *