आमा फर्केर आउँ घर

साथ छोडी हिड्यौनि आमा मेरो बिचारि बर
हसिलो मुहार बिना तिम्रो रित्तो भयो नी घर ।
डुल्थ्यौ घर आगनमा आमा अब डुल्ने कोभोर
बारीको डिलवाट आमा फर्केर आउन घर ।

खेल्थें आगनमा घुमि मायाले फुर फुर्केर
बालापनत नियालि दियौनि बढे म हुर्केर ।
तिम्रा साथका झड्काले निदै कहाँ छर
हातको सिरानि बन्न आमा आउँन फर्कि घर ।

तिम्रा ती नयनका आमा झिकि दिन्थे कण
कसरी भुलुम आमा तिम्रा हसाई क्षण ।
हास्नै पाईन मैले आमा रुन्छनी मन हेर
आँसु पुछ्न भए पनि आमा आउँन फर्कि घर ।

कुटो कोदालो हसिया खिया परेर झरे
घाँस पराल नहुदाँ गाई बाख्रा भोक्कै परे ।।
विहानै सवेरै उठेि ढोका उघार्ने को छर
उज्यालो भएन आमा फर्केर आउँन घर।

कामगर्दा बज्दथ्यो ती तिम्रा हातका चुरा
रुन्छनि यो मन सधै मायाँले गर्देउ पूरा ।
ताउ रोई रहेछ आमा रोटि पकाउने को छ र
भोक प्यास मेटाउन आमा फर्किआउन घर।

तिम्रा फरिया तानेर मैले गुडुल्कि खेल्या
कसरी भुलुम हाम्रालागि तिमिले झेल्या ।
जति दुख दिए पनि आमा हासेर बस्थ्यौ पर
तिदुखलाई सम्झेर आमा आउँन फर्कि घर

हुर्काई बढाई पढाइ भन्थ्यौनि ठुलो भएस्
मेरा आँसु झरेर केभो खुसिमा रम्दै रहेस।
चिन्ताले यो मनलाई खाई सक्योनि हेर
आफनै खुनलाई आमा सम्झेर आउन घर ।

दुखका ललाटमा मेरो को छ र सेरो फेरो
मनको यो बहलाई निदान गरीदेउ मेरो ।
कुचो पल्टि रह्यो आमा दैलो कसिङ्गर हेर
छरपस्ट सम्झेर आमा आउँन घर फर्केर ।

जान्दिन अरु थोक छैन आमा तिम्रै हुम धन
स्वर्गै सरि भएता पनि बुझ्दैन मेरो मन ।
तिम्रा पाउँले आमा छमछम गरेको हेर
नाच्न हास्नै भए पनि आउँन घर फर्केर ।
१०
आफू नखाए पनि आमा हाँसि खुवाई दियौ
हास्ने खेल्ने रहरमा किन रुवाई हिड्यौ।
मिलनका भाकामा आमा बैरी भयौ कि तर।
हाम्रा मायाँको जोह गर्न फर्केर आउँ घर।
११
मैले खाएको दूध भारा आमा कसरी तिर्ने
तिम्रा निग्रा नतिरि आमा मैले कसरी फिर्ने ।
जन्म दियौ नि आमा किन कर्म दिईनौ तर
पहरेदार बन्नै भए पनि फर्केर आउँ घर ।
१२
छोरीका ई बेदना आमा कर्मको यो साईत
छुट्योनि टुट्योनि भन्छन चेलिका त्यो माईत ।
रसैले भरेको योमाया आमा बिना को छ र
चेलिको मर्म बुझि आमा आउन फर्कि घर।
१३
श्रृङगार पटार गरि आमा लगाई दिन्थ्यौ चोलि
भन्थ्यौनि सधै मेरी आमा भित्री हृदय खोलि ।
कहिले भेट्ने आमा वाचा गरिदेउ एक फेर
तिम्रा खानि हौ आमा हाँस्दै आउँ घरफर्केर।
१४
पुजा अर्चना हुनै छाड्यो आमा तिमी नहुदा
छैनन् कोहि दया गर्ने आमा बिना म रुदाँ ।
बिस्कुन सुकाउँने आमा हाम्रो पनि को छ र
चम्किलो सुर्य बनी आमा आउँन फर्कि घर।
१५
मायाँ ममता भुल्यौ भने हेर म कस्तो हुने
छहारि मिलोस् आमा सम्झेर कति रुने ।
डुल्ने र भुल्ने थियो नि तिम्रो साथमा रहर
पङखि झै उडेर आमा आउँन फर्कि घर।
१६
पिस्ने कुट्ने गर्थ्यौ नि आमा ढिकी र जातो रोयो
दिलखुशि बन्छ भनि तिम्रो तस्विरमा छोयो ।
मुन्टो लुकाउँन पनि ठाउँ मेरो कहाँ छ र
सवै थोक रित्तो भो आमा फर्केर आउँ घर।
१७
देखेकै थियौ नि तिमिले विरानो एक्लोघर
रोई दिन कट्दैछ आमा माया दिने को छ र
बैराग्य भयो मन सधै हाम्रो पनि को छ र
माया ममता दिने आमा फर्केर आउँ घर।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *