आज सुनचाँदीको मुल्य बढ्यो

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ८ सयले बढेको छ । आज छापावाल सुन एक लाख १९ हजार ८०० प्रति तोला कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसअघि विहिबार छापावाल सुन एक लाख १९ हजार प्रतितोला कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मुल्य एक लाख १९ हजार २५० प्रतितोला रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । चाँदी आज १४ सय ८५ रुपैयाँ प्रतितोला पुगेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *