कोशी प्रदेश नामाकरणको विवाद चाँडै समाधान गर्छु- प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेश नामाकरणको विवाद सकारात्मक ढंगले चाँडै समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । 

शुक्रबार मोरङको मिक्लाजुङ गाउँपालिकामा आयोजित आमसभामा उनले कोशी प्रदेशको नामाकरणको विषयमा सबै राजनीतिक दल र आन्दोलनरत पक्षबीच संवाद गरी सकारात्मक ढंगले समाधान गर्ने बताए । 

‘यस क्षेत्रमा पहिचानको विषय प्रदेश नामाकरणको विषयमा यहाँका जनताहरुको यहाँका युवाहरुको चिन्ता चिन्तन मलाई राम्रोसँग थाहा छ ।’ उनले भने,‘  हिजो जनयुद्धकालमा सबै उत्पीडित वर्ग जाति क्षेत्र लिंग समुदायको पहिचान र अधिकारको लडाइ लड्नु पर्छ भनेर त्यसको नेतृत्व गर्ने पार्टी र त्यसको नेताको हैसियतले यहाँको जनताको चिन्ता र यहाँको जनताको चासोलाई यो नामाकरणको विषयलाई पनि सबै राजनीति दलहरुसँग पनि र यहाँ आन्दोलनरत सबै संस्थाहरु नेताहरुसँग पनि संवाद गरेर सकारात्मक ढंगले यसलाई समाधान गर्न मेरो पहल रहने विश्वास दिलाउँछु ।’

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्री फेरेर भए पनि काम गर्न नसक्ने मन्त्रालय पुनर्गठन गरी कामलाई गति दिने दाबी गरे । उनले सबै मन्त्रालयलाई बोलाएर कामहरु कसरी भएका अब ठिक ढंगले भएको छ कि छैन् हेरेर मन्त्री फेरेर भए पनि काम गर्न नसक्ने मन्त्रालय पुनर्गठन गरी कामलाई गति दिने दाबी गरे ।

उनले भने, ‘१० गते मेरो १ वर्ष पुरा हुन्छ । १० गतेका दिन नै म राष्ट्रको नाममा सम्बोधन गर्ने र ११ गतेबाट नै जनताका कामहरु अगाडि लाने मैले प्रतिवद्धता व्यक्त गरिसकेको छु । मैले सिंहदरबारमा विभिन्न मन्त्रालयहरुलाई बोलाएर  उनिहरुका कामहरु कसरी भएका छन् । अब ठिक ढंगले काम भएन । आफुले प्रतिबद्धता व्यक्त गरेको कामहरु पनि कतिपय मन्त्रालयहरुले पुरा गरेका छैनन् । त्यस्ता मन्त्रालयलाई पुनर्गठन गरेर मन्त्री फेरेर भएपनि कामलाई गति दिने तिर मैले प्रतिबद्धता व्यक्त गरेको छु ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *