चाडपर्वका नाममा विद्यालयले पोसाक किन्न बाध्य पारे कारवाही गर्ने महानगरको चेतावनी

काठमाडौँ । काठमाडौं महानगरपालिकाले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई फरक-फरक पोसाक किन्न लगाउने विद्यालयहरूलाई कारबाही गर्ने भएको छ ।

विद्यालयले फरक-फरक पोसाक किन्न लगाएको पाइएमा कानुनअनुसार कारबाही गरिने महानगरले चेतावनी दिएको छ।

महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले शुक्रबार सबै विद्यालयलाई गरेको परिपत्रमा नियमित विद्यालय पोसाकभन्दा फरक-फरक पोसाक किन्न बाध्य पारेमा कारबाही गर्ने चेतावनी दिएका हुन् ।

परिपत्र विपरीत कार्य गरे विद्यालयलाई कानुनअनुसार कारबाही गरिने उनको विद्यालयहरुलाई पठाएको पत्रमा उल्लेख गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *