राष्ट्रिय सहकारी बैंकले निक्षेप र कर्जामा घटायो ब्याज

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले पुस ६ गतेदेखि लागू हुने गरी बचत तथा कर्जामा नयाँ ब्याजदर निर्धारण गरेको छ । बैंकले बचततर्फ न्यूनतम २ प्रतिशतदेखि अधिकतम ९.२५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । यसअघि मंसिरमा बैंकले बचततर्फ न्यूनतम ३.५० प्रतिशतदेखि अधिकतम १०.२५ प्रतिशतसम्म ब्याजदर तोकेको थियो । पुसमा साधारण बचत खातामा २ प्रतिशतदेखि ३ प्रतिशत, विशेष बचतमा ३.२५ प्रतिशत, सुपर बचतमा ३.५ प्रतिशतदेखि ४ प्रतिशत तोकिएको छ । यस्तै, एनसिसिएल समुन्नत बचत खातामा न्यूनतम ३.५० प्रतिशतदेखि अधिकतम ४.५ प्रतिशत, एनसिसिएल प्रिमियम बचतमा ४ प्रतिशतदेखि ४.५ प्रतिशत तोकिएको छ । यस्तै, अनिवार्य नियमित बचतमा ८ प्रतिशत र क्रमिक बचतमा ८ प्रतिशतदेखि ९ प्रतिशत, मुद्दती निक्षेपमा न्यूनतम ७.२५ प्रतिशतदेखि अधिकतम ९.२५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरिएको बैंकले जनाएको छ ।

बैंकका अनुसार कर्जा तर्फ विभिन्न विभिन्न शिर्षकमा ८ प्रतिशतदेखि १२.२५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरिएको छ । यसअघि मंसिरमा बैंकले ८.५० प्रतिशतदेखि १३.७५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको थियो । बैंकका अनुसार घर घडेरी खरिद तथा भवन निर्माण कर्जाको स्वः लगानी नियमानुसार हुनेछ । लघुवित्त कर्जा, गरिबि निवारण कर्जा, सबल सहकारी कर्जा र दिगो सहकारी कर्जा लगानीको ब्याजदर संस्था वर्गीकरणको आधारमा फरक गरीने जनाएको छ । साथै, मुद्दती निक्षेपको बिड रेट ९.२५ प्रतिशतसम्म प्रस्ताव गर्न सकिने बैंकले जनाएको छ । अपाङ्ग, दलित र महिलाद्वारा संचालित संस्थालाई प्रकाशित ब्याजदरमा ०.५ प्रतिशतसम्म थपघट गर्न सकिने छ । यस्तो सुविधा दोहोरो हुनेगरी प्रदान गरिने छैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *