प्रधानमन्त्री कप महिला टी- २० : एपीएफ र कोशीको लगातार तेस्रो जित

काठमाडौं । जारी प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेश र एपीएफ क्लबले आ-आफ्नो खेलमा जित हासिल गरेका छन् ।

आइतबार सम्पन्न खेलमा कोशी प्रदेशले मधेश प्रदेशलाई ६० रनले पराजित गरेको हो । कोशी प्रदेशले दिएको १३० रनको लक्ष्य पछाएको मधेश प्रदेशले २० ओभरमा ९ विकेट गुमाएर केवल ६९ रन बनाएपछि कोशी प्रदेश ६० रनले विजयी भएको थियो ।

यस अघि पहिला ब्याटिंग गर्दै कोशी प्रदेशले २० ओभरमा ४ विकेट गुअमयेर १२९ रन बनाएको थियो । यो कोशी प्रदेशको लगातार तेस्रो जित हो । यो जितपछि कोशी प्रदेशको ३ खेलमा ६ अंक भएको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ ।

त्यसैगरि आइतबार नै सम्पन्न खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई ९० रनले पराजित गरेको छ । एपीएफले दिएको १५२ रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेशले २० ओभरमा ९ विकेट गुमाएर ६१ रन मात्र बनाएपछि एपीएफ ९० रनले विजयी भएको हो । यस अघि एपीएफले २० ओभरमा ३ विकेट गुमाएर १५१ रन बनाएको थियो ।

यो एपीएफको लगातार तेस्रो जित हो । यो जितपछि एपीएफको ३ खेलमा ६ अंक भएको छ र अंक तालिकामा शिर्ष स्थानमा रहेको छ ।

अब एपीएफले सोमबार कोशी प्रदेशको सामना गर्ने छ भने लुम्बिनी प्रदेशले कर्णालीसँग खेल्ने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *