सन्दीपविरुद्धको मुद्दा न्यायाधीश ढकालको इजलासमा

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणीको मुद्दा न्यायाधीश शिशिरराज ढकालको इजलासमा परेको छ । आज (आइतबार) फैसला हुने भनिएको मुद्दा न्यायाधीश ढकालको इजलासमा परेको हो ।

बलात्कारको कसुरमा काठमाडौँ जिल्ला अदालतमा २०७९ कात्तिक १४ गते क्रिकेटर लामिछानेविरुद्ध मुद्दा दायर भएको थियो । वारदात भएको भनिएको मिति २०७९ भदौ ५ गते पीडित भनिएकी किशोरीको उमेर १८ वर्षभन्दा कम रहेको भन्दै गौशाला २६ को जाहेरीले नेपाल सरकार वादी भई मुद्दा दायर भएको थियो । अभियोजनमा पीडित किशोरीको जन्ममिति २०६२ जेठ १८ रहेको र वारदताको समयमा १७ वर्ष ३ महिना रहेको दावी गरिएको छ ।

तर प्रतिवादी तर्फका भने पीडित भनिएकी किशोरीको उमेर १८ वर्ष २ महिना रहेको र उनको जन्ममिति २०६१ असार १८ गते रहेको कागजात पेश गर्दै सफाई पाउनुपर्ने पेश गरेका छन् । आज हुने उक्त बलात्कार फैसलामा सन्दीप दोषी ठहर भए उनी कम्तीमा १० वर्ष जेलमा बस्नुपर्नेछ । यदि उनी दोषी ठहर भए सन्दीपको क्रिकेटको भविष्य समाप्त हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *