पोखरालाई पेनाल्टी सुटआउटमा हराउँदै धनगढी फाइनलमा

काठमाडौं । धनगढी एफसीले पेनाल्टी सुटआउटमा पोखरा थन्डर्सलाई ४–३ ले हराउँदै लगातार दोस्रो पटक नेपाल सुपर लिग (एनएसएल) को फाइनलमम प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न रोमाञ्चक खेलको अतिरिक्त समयको अन्तिम मिनेटसम्म धनगढी २–१ ले पछि थियो ।

तर, अन्तिम मिनेटमा हिजाजीले गोल गर्दै धनगढीलाई खेलमा फर्काएपछि नतिजा बराबरीमा आइपुगेको हो । यसपछि पेनाल्टी सुटआउटमा धकेलिएको खेलको नतिजा ४–३ ले जित्दै धनगढी फाइनल प्रवेश गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *