राष्ट्रिय वाणिज्य बैंकलाई एनसीएचएलले गर्यो सम्मान


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सबैभन्दा बढी डिजिटल कारोबार (विद्युतीय कारोबार) गर्न सफल भएको सन्दर्भमा नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले बैंकलाई सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैंकको रुपमा सम्मान गरेको छ । नेपालको भुक्तानी प्रणाली सञ्चालक एनसीएचएलले आफ्नो १५ औं वार्षिकोत्सवको अवसरमा बैंकलाई सम्मानित गरेको हो । सोही क्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई अवार्ड प्रदान गरेका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले प्रविधिमा पर्याप्त लगानी गरेकाले यो उपलब्धि हासिल गर्न सफल भएको बताउँदै अब राष्ट्रिय वाणिज्य बैंक परम्परागत प्रणालीबाट डिजिटलाइजेशनतर्फ गएको जानकारी गराए । बैंकले अन्तर्राष्ट्रिय स्तरको उन्नत बैंकिङ्ग प्रविधिमा आधारित कोर बैंकिङ्ग सफ्टवेयर भित्र्याउन आईटी इनह्यान्समेन्ट रोडम्याप अन्तर्गत कार्य समेत गरिरहेको उनले बताए । साथै, उनले बैंकले आधुनिक डिजिटल बैंकिङ्ग सेवा प्रवाह गरिरहेकाले सबै ग्राहकहरुलाई निर्धक्कसँग बैंकिङ्ग सेवा प्रयोग गर्न अनुरोध गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *