लुम्बिनी प्रदेशले कर्णालीलाई ३० रनले हरायो

काठमाडौँ । जारी प्रधानमन्त्री कप महिला टी- २० प्रतियोगितामा लुम्बिनी प्रदेसले कर्णाली प्रदेशलाई पराजित गरेको छ । सोमबार सम्पन्न खेलमा लुम्बिनीले कर्णालीलाई ३० रनले पराजित गरेको हो ।

लुम्बिनीले दिएको १३४ रनको लक्ष्य पछाएको कर्णाली प्रदेशले २० ओभरमा ७ विकेट गुमाउदै १०३ रन मात्र बनाएको थियो । यस अघि लुम्बिनीले पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाएर १३३ रन बनाएको थियो ।

जारी प्रतियोगितामा लुम्बिनी प्रदेशको यो दोस्रो जित हो । ४ खेलमा ४ अंकसहित लुम्बिनी अहिले पाँचौं स्थानमा रहेको छ । त्यस्तै कर्णाली प्रदेशको भने यो लगातार चौथो हार हो ।

अब लुम्बिनीले अर्को खेल बुधबार बागमती प्रदेशसँग खेल्ने छ भने कर्णाली प्रदेशले एपीएफसँग खेल्ने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *