कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखहरूलाई फिर्ता बोलाउँदैछौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखहरूलाई फिर्ता बोलाउने तयारी गरेको बताएका छन् ।

सरकार गठनको एक वर्ष पूरा भएको सन्दर्भमा आज (मंगलबार) राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आर्थिक र कूटनीतिक नियोगहरूलाई लगानी र पर्यटनमा परिणाममुखी परिचालनका लागि ध्यान दिएको बताए ।

‘विप्रेषण आप्रवाहमा २६ प्रतिशतले वृद्धि भएको छ । अब हाम्रो ध्यान विप्रेषण सँगै भित्रने सीप, दक्षताको उपयोग गरी देशभित्र उत्पादन र रोजगारी बढाउनेतर्फ केन्द्रित हुनेछ,’ उनले भने, ‘म सबै आर्थिक र कूटनीतिक नियोगहरूलाई लगानी र पर्यटनमा परिणाममुखी परिचालनका लागि आह्वान गर्दछु ।कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखहरूलाई फिर्ता बोलाउने तयारी पनि हामी गर्दैछौं ।’ प्रधानमन्त्रीले सरकारका नीतिले मात्र होइन, खर्चले अर्थतन्त्रलाई गतिशील बनाउने बताए । त्यसका लागि पुँजीगत खर्च बढाउन सरकारले ध्यान दिइरहेको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *