प्रधानमन्त्री प्रचण्डको कार्यकालको १ बर्ष – विगतको एक वर्ष ८० वर्ष बराबर हो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकालको बितेको एक वर्ष उपलब्धिका हिसाबले ८० वर्ष बराबरको भएको बताएका छन् ।

आज राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालको बितेको एक वर्ष विगतको ८० वर्ष बराबरको भएको बताएका हुन्। “नेपालमा केही भएन भन्ने स्थिति छैन । बितेको एक वर्षलाई विगतको तुलनामा हेर्ने हो भने ८० वर्ष बराबरको मान्न सकिनेछ’,उनले भने।

प्रचण्डले आफ्नो दोस्रो कार्यकालमा नेपालमा लोडसेडिङको समस्या समाधान भएको भन्दै अहिले विद्युत् बेचेरै नेपालले आम्दानी गरिरहेको दाबी गरे।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *