एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी, विधानमाथि केन्द्रित छलफल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आजदेखि सुरु भएको छ ।
एकीकृत समाजवादीको बैठक तीन दिनसम्म संचालनमा रहनेछ । उक्त समितिको बैठक आज (बुधबार) बिहान ११ बजेदेखि काठमाडौंमा बसेको छ ।

यस बैठममा नेकपा एकीकृत समाजवादीले बैठकमा पार्टीको विधान संशोधन र आगामी महाधिवेशन मुख्य एजेन्डा बनाएर छलफल केन्द्रित गरेको छ । एकीकृत समाजवादीले यस अघिको सचिवालय बैठकमा ७० वर्षे उमेर हद कट्टा गर्ने विषयमा समेत विधान संधोनमा समेट्ने भन्दै सहमती जनाएका थिए ।

विधान संशोधनका लागि एकिकृत समाजवादी पाटीले आगामी माघ १४ र १५ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने मिति निर्धारण गरेको र उक्त विषयमा समेत बैठमा छलफल गर्ने जनाइएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनको उम्मेदवार छनोटबारे पनि छलफल हुने समाजवादीले जनाएको छ । राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ ११ गते हुँदैछ ।

तीन दिनसम्म जारी हुने बैठकमा पाटीको वर्तमान अवस्था सुधार तथा संगठनलाई मजबुद्ध बनाउने विषयमा समेत केन्द्रित हुनेछ । यस्तै बैठमा पाटीभित्र देखिएका आन्तरिक विवाद तर्था वर्तमान राजनीति घटनाका बारेमा समेत छलफल गर्ने एकिकृत समाजवादी पाटीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *