सन्दीप विरुद्धमुद्दा : आजपनि हेर्दाहेर्दैमा, विहिबार सुनुवाई हुने

काठमाडौं । सन्दीप लामिछानेविरुद्ध लागेको बलात्कार मुद्दामाथि जिल्ला अदालत काठमाडौंमा सुरु भएको सुनुवाइ जारी रहेको छ ।

बुधबार पनि सुनुवाइ नसकिएपछि जिल्ला अदालतले मुद्दालाई हेर्दाहेर्दैमा राखेको छ । आइतबारदेखि सन्दीपविरुद्धको यस मुद्दामा न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुनुवाइ भइरहेको छ । बुधबार पनि सरकारी वकिल र पीडितका कानुन व्यवसायीहरुले बहस गरेका छन् । सन्दीपका कानून व्यवसायीको बहस र पीडित पक्षको जवाफी बहसपछि इजलासले निर्णय सुनाउनेछ ।

२०७९ भदौमा लामिछानेविरुद्ध नाबालिग बलात्कारको आरोप लागेपछि अहिलेसम्म ३३ पटक पेसी सरेर यो मुद्धा अन्तिम चरणमा रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *