नेपाली बजारमा सुनचाँदीको मुल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार छापावाल सुन तोलामा १३ सयले बढेर आज १ लाख २२ हजार रुपैयाँमा कारोबार भएको । यस अघि बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २० हजार ७ सय रुपैयाँ थियो ।  त्यसैगरी आज तेजावी सुन प्रतितोला १ लाख २१ हजार ४ सयमा कारोबार भइरहेको । 

त्यसैगरी चाँदीमा आज प्रतितोला १५ रुपैयाँले बढेर एक हजार ४ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस अघि बुधबार चाँदी प्रतितोला १४७५ रुपैयाँ रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *