अपडेट : प्रदर्शनका क्रममा भएको झडपमा अर्का युवकको पनि मृत्यु

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा अर्का युवकको पनि मृत्यु भएको छ ।

पाटन अस्पतालमा उपचाररत वीरेन्द्र शाहको पनि मृत्यु भएको हो । उनलाई उपचारका लागि पाटन अस्पताल लगिएको थियो यो सँगै मृतकको संख्या २ पुग्यो । यसअघि किस्ट अस्पतालमा उपचाररत २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो । प्रदर्शन नियन्त्रणमा लिन गोली चलाएको प्रहरीले जानकारि दिएको छ ।

तर सुजन राउतको गोली लागेर मृत्यु भएको भनेपनि अस्पतालले गरेको जाँचमा गोली नलागेको देखिएको थियो उनको छातीमा दाग देखिएको छ ।

प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्याँस हानेको थियो । स्थिति साम्य हुने स्थिति नदेखिएको भन्दै हवाई फायर गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *