जेलमुक्त भएपछि कांग्रेस नेता बालकृष्ण खाण पहिलो पटक सानेपा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा ७ महिना प्रहरी हिरासतमा बसेर धरौटीमा रिहा भएका कांग्रेस नेता बालकृष्ण खाण पहिलो पटक सानेपा पुगेका छन् ।

कांग्रेसको केन्द्रीय समितिको बैठकमा सहभागी हुन पूर्वगृहमन्त्री समेत रहेका खाण सानेपास्थित केन्द्रीय कार्यालय पुगेका हुन् ।खाण भुटानी शरणार्थी प्रकरणमा ३० लाख धरौटीमा छुटेका थिए । उनी थुनामा हुँदा संस्थापन इतर पक्षले निलम्बन गर्नुपर्ने माग राखेपनि पार्टी सभापति शेरबहादुर देउवाले मानेका थिएनन् ।

आजको बैठकमा पार्टीबाट सरकारमा गएका मन्त्रीहरुले रिपोर्ट कार्ड प्रस्तुत गदैछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *