बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री ज्वालाको गाडीमाथि आगजनी

काठमाडौं । शुक्रबार ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमाथि आगजनी गरिएको छ ।

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्री र पीएसओलाई गाडीबाट बाहिर निकालेर गाडीमा आगो लगाएका हुन् । उनीहरुले बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् । अहिले बालकुमारी क्षेत्र तनावग्रस्त बनेको छ । आगजनीबाट बा २ झ ५८६१ नम्बरको गाडी जलेर ध्वस्त भएकाे छ भने मन्त्री भने सुरक्षित छन् ।

ईपीएस कोरिया शाखाले सिप बिल्डिङ परीक्षामा अनुर्तीण भएका १८ जनाले मात्रै कोरिया भाषा परीक्षामा भाग लिन पाउने बताएपछि बाँकीले आन्दोलन थालेका हुन् । सिप बिल्डिङमा परीक्षा दिएकाहरुले उत्पादन क्षेत्रको कोरिया भाषा परीक्षामा भाग लिन नपाउने भएपछि १८ जनाले पाटन उच्च अदालतमा मुद्दा हालेका थिए ।

अदालतले पनि भाषा परीक्षामा भाग लिन फर्म भर्न दिनू भनेर आदेश दिएको थियो । तर, शाखाले भने मुद्दा हालेका १८ जनालाई मात्रै भाषा परीक्षामा सहभागी हुन दिएपछि अन्य युवाहरू आक्रोशित भएका हुन् ।

आन्दोलन उग्र बन्दै गएपछि प्रहरीले प्रदर्शनकारीलाई तितर वितर बनाउन अश्रुग्यास प्रहार गरेको छ । आगजनीबाट बा २ झ ५८६१ नम्बरको गाडी जलेर ध्वस्त भएकाे छ भने मन्त्री भने सुरक्षित छन् । आन्दोलनका कारण कोटेश्वर–कलंकी सडकको यातायात प्रभावित बनेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *