सन्दीपको मुद्दामा बहस सकियो , आजै साँझ आदेश आउने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा काठमाडौं जिल्ला अदालतमा जवाफी बहस सकिएको छ । न्यायाधीशहरूले फैसला लेख्न थालेका छन् ।

साँझ ७ बजे आदेश आउने बताइएको छ । एक किशोरीलाई जबर्जस्तीकरणीको आरोपमा सन्दीपविरुद्ध अदालतमा मुद्दा परेको थियो । यो मुद्दा एक वर्षदेखि लम्बिएको छ ।

गत वर्ष फागुन १५ गते सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले यो मुद्दा चाँडो निरुपण गर्न आदेश दिएकी थिइन् । तर न्यायाधीशहरूले कहिले पेसी सार्ने त कहिले हेर्दाहेर्दैमा राखिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *