प्रधानमन्त्री कप : एपीएफ प्रतियोगिताको फाइनलमा

काठमाडौँ । विभागीय टिम एपीएफ जारी प्रधानमन्त्री कप महिला टी- २० प्रतियोगिताको फाइनलमा पुगेको छ । एपीएफले आइतबार सम्पन्न पहिलो क्वालिफायरमा कोशी प्रदेशलाई ५२ रनले पराजित गर्दै फाइनलमा पुगेको हो ।

एपीएफले दिएको १४० रनको लक्ष्य पछाएको कोशी प्रदेशले २० ओभरमा ४ विकेट गुमाउदै ८७ रन बनाएको थियो ।

यसअघि पहिला ब्याटिंग गर्दै एपीएफले २० ओभरमा २ विकेट गुमाएर १३९ रन बनाएको थियो ।

यो हारपछि कोशी प्रदेशले अब दोस्रो क्वालिफायर खेल्न पाउने छ । अब कोशीले दोस्रो क्वालिफायरमा आजै हुने सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशबीचको इलिमिनेटरको विजेतासँग खेल्ने छ । दोस्रो क्वालिफायर सोमबार हुने छ ।

त्यस्तै यस प्रतियोगितामा अहिलेसम्म अपराजित रहदै फाइनलमा पुगेको एपीएफले उपाधिका लागि दोस्रो क्वालिफायरको विजेतासँग बुधबार खेल्ने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *