फोटोनको ‘हाई रुफ ईभी भ्यान’ सार्वजनिक

काठमाडौं । नेपालमा फोटोनको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्शियल भेहिकलले एक कार्यक्रम आयोजना गर्दै उक्त ‘हाई रुफ ईभी भ्यान’ ईभी भ्यान सार्वजनिक गरेको हो । गाडी सार्वजनिक गर्ने क्रममा एमएडब्लूका कार्यकारी निर्देशक विष्णुकुमार अग्रवालले उक्त गाडी नेपाल सडकका लागि उपयुक्त भएको बताए । ‘यो गाडी लामो र छोटो दुवै रुटका लागि उपयुक्त छ । ‘गाडी धेरैको रोजाइमा पर्ने हाम्रो आशा छ, हामीले गाडी बिक्रीलाई मात्र होइन गाडी बिक्रीपछिको सर्भिसलाई पनि उत्तिकै ध्यान दिएका छौं ।

कम्पनीका अनुसार हाई रुफ ईभी भ्यान १४ र १५ सिटरको रहेका छन् । कम्पनीले उक्त ईभी भ्यान युरोपियन युनियन डब्लूभीटिए–प्रमाणित सवारीसाधन रहेको बताउँदै यसको परीक्षण र निरीक्षण जर्मन संस्था टीयूभी रेनल्यान्डद्वारा गरिएको छ । कम्पनीले १५ सिटर ईभी भ्यानको मूल्य ५७ लाख रुपैयाँ तोकेको छ । गाडीको खरिदमा ८० प्रतिशत फाइनान्सिङको सुविधा रहेको पनि बताइएको छ ।

कम्पनीका अनुसार फोटोनले गाडीको स्थायित्वका लागि ३ लाख किलोमिटर वा ५ वर्षको वारेन्टी प्रदान गर्दछ । ईभी भ्यानमा ८५ किलोवाटको पावर रहेको छ । उक्त भ्यानभित्र फराकिलो भाग र आरामदायी सवारीका लागि फुल एसी लगायतका सेवा सुविधा जडान गरी तयार गरिएको छ । आधुनिक प्रविधि प्रयोग भएको उक्त भ्यानमा ५०.२३ किलोवाट पावरको क्याटल ब्याट्री रहेको छ । फोटोन नेपालका सेल्स हेड नवीन आचार्यले फोटोन हाई रुफ ईभी भ्यानले कम मर्मत खर्चले सवारी धनीहरूलाई थप बचत गर्न सघाउने बताए । उनले भ्यानलाई नेपालको मौलिक सडक अवस्थाका लागि सावधानीपूर्वक डिजाइन गरिएको पनि बताए । कम्पनीले उक्त ईभी गाडी पेट्रोलबाट चल्ने गाडीहरूसँग एक्सचेन्ज गर्न सक्ने बताएको छ । कम्पनीका अनुसार हाई रुफ ईभी भ्यानको बुकिङसमेत खुल्ला गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *