नेपाली बजारमा बुधबार सुनको मुल्य घट्यो

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख २० हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २० हजार २०० रुपैयाँ कायम छ ।

हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख २१ हजार र तेजाबी सुनको मूल्य १ लाख २० हजार ४०० रुपैयाँ कायम थियो । यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले खुम्चिएको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १४ सय ५० रुपैयाँ कायम छ । हिजो चाँदीको कारोबार मूल्य तोलामा १४ सय ६० रुपैयाँमा भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *