सत्ता गठबन्धनको बैठकमा एमालेलाई पनि राष्ट्रियसभामा समेट्ने विषयमा छलफल

काठमाडौं । सत्ता गठबन्धनको बैठकमा एमालेलाई पनि राष्ट्रियसभामा समेट्ने विषयमा छलफल भएको छ ।

गठबन्धन र लगत्तै एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले एमालेको प्रस्तावबारे जानकारी गराएको बताए । ओलीले प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रियसभामा आफूहरूलाई ‘जिरो’ नबनाउन आग्रह गरेका थिए । बैठकपछि नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले भने, ‘ओलीजीले प्रधानमन्त्रीलाई हामीलाई जिरो गरेर नजानुस् भन्नुभयो । त्यसपछि हामीले उहाँहरूको खास प्रस्ताव के हो ? भन्ने कुरा बुझेर मात्रै टुंग्याउँछौं ।’

एमालेलाई पनि समेटेर जान माओवादी र कांग्रेस सहमत भएको विषयमा प्रश्न गर्दा पाण्डेले यो ‘सशर्त’ हुन सक्ने बताए । उनले भने, ‘उहाँहरु सहमत भनेको कन्डिसनल हो । यत्ति बुझ्नुस् कन्डिसनल भनेको के हुन्छ ? यसो गरेमा यसो गर्ने भन्ने हुन्छ ।’

एमालेको प्रस्ताव क्लियर भएर आएपछि छलफल गर्न सकिने बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *