प्रधानमन्त्री प्रचण्डले अदालतको अवहेलना गरेको भन्दै परेको मुद्दामा शुक्रबार आदेश सुनाउने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अदालतको अवहेलना गरेको भन्दै परेको मुद्दामा सर्वोच्च अदालतले शुक्रबार आदेश सुनाउने भएको छ ।

वरिष्ठ अधिवक्त दिनेश त्रिपाठीले दायर गरेको मुद्दामा सुनुवाइ भइसकेर पनि अदालतले आदेश सुनाउने मिति पर सार्दै आएको थियो । द्वन्द्वकालीन मुद्दाबारे माओवादीका अध्यक्ष प्रचण्डले २०७३ वैशाखमा विवादास्पद अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै वरिष्ठ अधिवक्ता त्रिपाठीलगायतले सर्वोच्चमा निवेदन दिएका थिए ।

लामो समयदेखि सर्वोच्चमा अड्किएको मुद्दामा आइतबार दुवैतर्फको बहस सकिएको छ । बहस सकिएपछि इजलासले मंसिर २८ मा निर्णय सुनाउने भनी आदेश दिएको हो । उनीमाथिको आरोप ठहर भएमा अदालतले कैद वा जरिवानाको प्रस्तावसहित उनलाई माफी माग्ने अवसर दिन सक्नेछ । आरोप पुष्टि नभए निवेदन खारेज हुन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *