नेपाली बजारमा आइतबार सुनको मुल्य स्थिर

काठमाडौं । साताको पहिलो कारोबार दिन आज (आइतबार) सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँ र तेजावी सुन १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि अघिल्लो दिन शुक्रबार पनि सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहँदै १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी पनि प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *