शेखर–गगन पक्ष : राष्ट्रिय सभामा पार्टीबाट चार सिट नपाए उम्मेदवारी नदिने निर्णय

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला–गगन थापा पक्षले राष्ट्रियसभा सदस्य निर्वाचनमा आफ्नो पक्षका ४ जना उम्मेदवार हुनुपर्ने माग गरेको छ । राष्ट्रिय सभामा पार्टीबाट चार सिट नपाए उम्मेदवारी नदिने निर्णय गरेको छ ।

समूहका नेता कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा आइतबार भएको अनौपचारिक छलफलले गठबन्धनबाट पार्टीले १० सिट लिएपछि आफूहरूले चार सिट पाउनैपर्ने निष्कर्ष निकालेको हो ।

सम्मानजनक ‘भाग’ नपाए निर्णय प्रक्रियामा सहभागी नहुने संस्थापनइतर समूहकाे निष्कर्ष छ । संस्थापन इतर पक्षले यसअघि १४ पुसमा पार्टी केन्द्रीय समितिले तय गरेको मापदण्ड पालना हुनुपर्ने पनि माग गरेको छ ।

आउँदो माघ ११ गते राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदै छ । त्यसका निम्ति सोमबार (भोलि) उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *