सर्लाहीको बरहथवा नगरपालिका क्षेत्रमा फेरि कर्फ्यु आदेश जारी

काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिका क्षेत्रमा फेरि कर्फ्यु आदेश जारी गरिएको छ ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले आइतबार दिउँसो पौने १ बजेदेखि सोमबार बिहान ८ बजेसम्मका निम्ति कर्फ्यु आदेश जारी गरेका हुन् । गत शुक्रबार प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएपछि पनि क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको थियो ।

कर्फ्युपछि शनिबार बिहान ८ बजेदेखि २४ घण्टाका निम्ति निषेधाज्ञा जारी गरिएको थियो । साहको शव अझै पनि पीडत परिवार र उनका आफन्तले नउठाई प्रदर्शन जारी राखेपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो । ‘सम्भावित जोखिमलाई मध्यनजर गर्दै मिति २०८०–०९–२२ गते दिउँसो १२ः४५ बजेदेखि मिति २०८०–०९–२३ गते बिहान ८ः०० बजेसम्म कुनै किसिमको भेला हुन, बाहिर आवतजावत गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को १ (क) (ख) र दफा ६ को (२) (३) (४) बमोजिम देहायको क्षेत्रहरूमा कर्फ्यु आदेश जारी गरिएको छ,’ सूचनामा भनिएको छ,

आदेशको उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही गरिने व्यहोरा समेत सूचित गरिन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *