एमालेले मधेस प्रदेश : उम्मेदवारको मतदाता नामावलीमै नाम छैन, दर्ता नगरी फर्किए

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको लागि उम्मेदवारी दर्ता गर्न पुगेका महोत्तरीका अर्जुन सिंहको मतदाता नामावलीमा नामै नभेटिएपछि एमालेले मधेस प्रदेशबाट राष्ट्रिय सभाका एकजना उम्मेदवार परिवर्तन गरेको छ ।

महोत्तरीका अर्जुन सिंहको उम्मेदवारी दर्ता नहुने भएपछि उनको ठाउँमा जनकपुरधामकी विजेता झालाई उम्मेदवार बनाइएको छ । मतदाता नामावलीमा नाम नरहेको भनी शंका लागेपछि एमाले नेताहरूसहित सिंह जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेका थिए । त्यहाँ मतादाता नामावलीमा नाम नरहेकाले उम्मेदवारी दर्ता गर्न नमिल्ने भनेर निर्वाचन कार्यालयले उनलाई फर्काइदिएको हो ।

टिकट पाएकी झा गत स्थानीय तहको निर्वाचनताका कांग्रेस परित्याग गरी एमाले प्रवेश गरेकी थिइन् । एमालेले मधेसमा दुईजना उम्मेदवार उठाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *