राष्ट्रियसभा निर्वाचन: १९ सिटमा ५२ जनाको मनोनयन दर्ता को को बने उम्मेदवार ? (सूचीसहित)

काठमाडौं । राष्ट्रिय सभाको १९ सिटका लागि हुने निर्वाचनमा ५२ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ । निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ताको दिन आज सोमबार १९ सिटमा ५२ जनाको उम्मेदवारी दर्ता भएको हो ।

आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि मतदान हुने छ । निर्वाचन आयोगका अनुसार सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ ५, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २१ गरी जम्मा ५२ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।

निर्वाचन कार्यक्रम अनुसार पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २५ र २६ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न वितरण हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *