कोशी प्रदेश : सभामुखको निर्वाचनमा एमालेले उम्मेदवार नउठाउने

विराटनगर । आज हुने कोशी प्रदेश सभाको सभामुखको निर्वाचनमा नेकपा एमालेले उम्मेदवार नउठाउने भएको छ ।

मंगलबार बिहान बसेको नेकपा एमाले कोशी प्रदेश संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको प्रमुख सचेतक रेवती भण्डारीले जानकारी दिए । ‘सभामुखमा एमालेले उम्मेद्वारी दिदैन’, उनले भने, ‘गठबन्धन बाहेकका उम्मेदवारलाई सघाउछ ।’

कोशी प्रदेशमा मंगलबार दिउँसो ३ बजे सभामुखका लागि निर्वाचन हुदैछ । सभामुखमा झापाबाट निर्वाचित प्रदेश सभा सदस्य राप्रपाका अमरबहादुर विष्टलाई सभामुखको उम्मेदवार बनाउने दलहरुको तयारी छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *