नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने वर्कशप सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने इम्प्लोई स्कील इनह्यान्समेण्ट वर्कशप ‘एक्सेल एण्ड इलिभेट २०८०।८१’ नाराका साथ आयोजित उक्त वर्कशप चितवनस्थित होटल सोल्टी वेस्टेण्डमा सम्पन्न भएको छ । कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गर्ने उदेश्यले सम्पन्न गरिएको उक्त कार्यक्रममा जीवन बीमा व्यवसायसँग सम्बन्धित विभिन्न वर्तमान पाटो बारे विवेचनागरी आगामी वर्षको लागि तय भएको व्यवसायिक लक्ष्य र रणनीतिसँग प्रशिक्षित गराइएको थियो । २०० जनाभन्दा बढीको सहभागिता रहेको उक्त कार्यक्रमको उद्घाटन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले बीमा व्यवसाय प्रतिष्पर्धात्मक र जटिल हुँदै गैरहेको वर्तमान स्थितीमा आफ्नो दक्षता, मेहनत र आपसी समन्वयबाट कम्पनीको व्यवसायिक लक्ष्य हाशिल गरी बीमा बजारमा अग्र स्थानमा पुर्याउन मार्केटिङ कर्मचारीहरुको जत्तिकै भुमिका प्रशासनिक कर्मचारीहरुको पनि हुने बताए । त्यसैले सबैले आ– आफ्नो जिम्मेवारी वहन गर्दै अधिकतम प्रयास गर्नु पर्ने उनको भनाई थियो । साथै, दक्ष कर्मचारीहरुबाट नै उत्कृष्ट परिणाम प्राप्त गर्न सकिने भएकोले कम्पनीले कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि लगानी गर्दै जानेमा उनले प्रतिवद्धता जनाए ।

कार्यक्रममा सहभागी कर्मचारीहरुलाई मोटिभेसनल स्पीकर मानसी अग्रवालले मोटिभेसनल तथा स्कील डेभलपमेण्ट सम्बन्धमा प्रशिक्षण प्रदान गर्नु हुँदै सबै कर्मचारीहरु कम्पनीको ब्राण्ड एम्बेसडर रहेको र कम्पनीको प्रवर्द्धनमा सबै जिम्मेवार हुनुपर्ने तर्फ सचेत रहन आग्रह गरे ।यसैगरी, नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका सुदुरपश्चिम प्रदेश प्रमुख हृदयश्वर पण्डितले बीमालाई माध्यम बनाएर विभिन्न बहानामा सम्पत्ति शुद्धिकरण गर्न सकिनेतर्फ सचेत रहन आग्रह गरे । साथै, उनले राष्ट्रिय हितका लागि आतंकवादि वित्तीय लगानी रोक्नु सबैको कर्तव्य भएको बताए । कार्यक्रममा कर्मचारीहरुको दक्षता जाँच गर्नका लागि सहभागि प्रशासनिक कर्मचारीहरुको परीक्षा सञ्चालन गरिएको थियो । सो परीक्षाबाट प्रथम, द्धितीय र तृत्तीय हुन सफल क्रमशः सुरक्षा सिंह, चुडामणी गौतम र खगेन्द्र श्रेष्ठलाई सीईओ खत्रीले नगद पुरस्कारसहित सम्मान गरेका थिए । त्यस्तै, देशैभरिबाट उत्कृष्ट कार्य सम्पादन गर्ने ५ जना प्रशासनिक कर्मचारीहरु महेन्द्रनगर शाखाका ओम प्रकाश पाण्डे, तुल्सीपुर शाखाकी मिना चौधरी, कलंकी शाखाका रोशन शाक्य, इटहरी शाखाकी बन्दिता ढकाल र केन्द्रिय कार्यालयका नवराज थापा मगरलाई पनि सीईओ खत्रीले सम्मान तथा पुरस्कृत गरेका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *