निवृत्त राष्ट्रसेवक समाज, भक्तपुर जिल्ला समितिको साधारणसभा सम्पन्न

भक्तपुर । निवृत्त राष्ट्रसेवक समाज, भक्तपुर जिल्ला समितिको साधारणसभा, समाजका आजीवन सदस्यहरूलाई प्रमाणपत्र वितरण तथा वनभोज कार्यक्रम केन्द्रीय सह अध्यक्ष कृष्णप्रसाद बरालको प्रमुख आतिथ्यतामा भव्य एवं सभ्य रूपमा सम्पन्न भयो ।

सल्लाघारीस्थित च्वङ्गा गणेश स्थानमा भएको उक्त कार्यक्रमको अध्यक्षता समाजका जिल्ला अध्यक्ष मंङ्गलप्रसाद श्रेष्ठले गर्नुभएको थियो । उक्त सभामा केन्द्रदेखि जिल्ला तथा नगर समितिका अध्यक्षहरू लगायत विभिन्न वक्ताहरूले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा भक्तपुर जिल्लाका चारै नगरपालिकाबाट सदस्यहरूको सहभागिता रहेको थियो ।

सो अवसरमा भक्तपुर जिल्लाका चारै नगर समितिका आजीवन सदस्यहरूलाई आजीवन सदस्यताको प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *