नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको मधेश प्रदेशमा नयाँ शाखा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बारा जिल्ला सिमरा उपमहानगरपालिका वडा नम्बर ०२, सिमरारोडस्थित नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यो संगै मधेश प्रदेशमा बैंकको २१ वटा शाखाहरु भएका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतीप्रकाश पाण्डेले सिमरा शाखाको उद्घाटन गरे । उद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले आर्थिक कारोबार अब बैंकमार्फत नै हुने भएकाले त्यस क्षेत्रका बासिन्दाहरुलाई सहज हुने बताए ।

उनले बैंकिङ सेवाको पहुच बाहिर रहेको सिमरा तथा आसपास क्षेत्रमा बसोबास गर्ने सेवाग्राही तथा उद्योग व्यवसायीहरुलाई बैंकिङ सुविधा सहज रुपमा उपलब्ध हुने बताए । बैंकका सिमरा शाखा प्रमुखले सेवाग्राहीहरुलाई यस शाखा मार्फत बैंकले प्रभावकारी सेवा दिइने बताए । हाल बैंकले २६२ शाखा कार्यलय र ६३ वटा एक्सटेन्सन काउन्टर मार्फत सुविधा दिँदै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *