नेपाल ल्यूव आयलको ३० प्रतिशत लाभांश

काठमाडौं । नेपाल ल्यूव आयलले ३२ औं वार्षिक साधारण सभाबाट ३० प्रतिशत लाभांश (२५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । हाल देशभरी नै फैलिरहेको आर्थिक मन्दीले सबै व्यापारिक क्षेत्र अस्थिर र अन्योल अवस्थाबाट गुज्रिरहेको छ । यो स्थितिमा पनि कम्पनीले अघिल्लो वर्षझैँ लाभांश पारित गरेकोमा सेयरधनीहरुले खुल्ला प्रशंसा गरेको कम्पनीले बताएको छ । उक्त सभामा अध्यक्ष अरुण कुमार चौधरी तथा सञ्चालक समिति, कम्पनी सचिव, लेखा परिक्षक, व्यवस्थापक समूह र अन्य सेयर धनीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा ७८.४ प्रतिशत सहभागी उपस्थित रहेको थियो ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष अरुण कुमार चौधरीले भने, ‘देश र बजारको हालको अवस्था निकै नै गम्भीर छ यसमा सबै सरोकारवालाको ध्यान केन्द्रित हुन जरुरी छ र संस्थाको रुपमा हामीले पनि बजारलाई पोजिटिभ तिर मोड्न आफ्नो भूमिका निर्बाहा गर्नुपर्छ । नेपाल ल्युब आयल लिमिटेड यहि विचारधारामा आगाडी बढीरहेको छ र रहने छ । व्यवस्थापन र अन्य टोली सदस्यहरू यसमा प्रतिबद्ध छन् । नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्रीरवितरण समेत गर्दछ । गल्फ अन्तर्राष्ट्रिय लुब्रिकेन्ट ब्राण्ड हो । गल्फ लूब्रिकेन्टस् नेपालमा मूख्य रुपमा रुचाईएको प्रतिष्ठित र धेरै बजार क्षेत्र ओगटन सफल ब्राण्डको रुपमा चिनिन्छ । गल्फ ब्राण्डका उत्पादनहरुको विविधताले सवै अटोमोबाईल र मेशिनरीहरुलाई समेटन सक्ने गरि व्यापक क्षेत्रमा फैलन सफल रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *