प्रधानमन्त्री प्रचण्ड युगान्डा भ्रमण गर्ने तयारीमा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को युगान्डा भ्रमण गर्ने तयारी भएको छ ।

हिजो बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार आज सिंहदरवारमा बताउँदै प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यसबारेमा जानकारी गराएकी हुन् । प्रवक्ता शर्माका अनुसार प्रधानमन्त्री ‘प्रचण्ड’ले युगान्डाको राजधानी कम्पालामा माघ ५ र ६ गते आयोजना हुने असंलग्न आन्दोलनका विजयी राष्ट्रहरूको १९ औँ सम्मेलनमा भाग लिनेछन ।

प्रधानमन्त्री माघ १ गते युगान्डा प्रस्थान गर्नेगरी छलफल भइरहेपनि एकिन मिति भने तय भइनसकेको बालुवाटार स्रोतको भनाइ छ ।  सबै टुंगो लागेपछि परराष्ट्र मन्त्रालयले औपचारिक जानकारी दिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । अहिले पनि ठोस कार्यक्रम तय भइनसकेको उनको भनाइ छ । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *