आज राष्ट्रिय सभा उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुदै

काठमाडौँ । निर्वाचन आयोगले आज राष्ट्रिय सभा सदस्यका निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दैछ ।

आयोगले हिजो ती उम्मेदवारविरुद्ध परेको उजुरीमा छानबिन गरेको थियो । राष्ट्रिय सभाको १९ सिटका लागि ५२ जनाले उम्मेदवारी दर्ता गराएका थिए। तीमध्ये सुदूरपश्चिम र कर्णालीका दुई उम्मेदवारका विरुद्ध उजुरी परेको थियो । ती उजुरीविरुद्धको छानबिन आज दिउँसो सकिने भएपछि आयोगले आज नै नामावली प्रकाशन गर्ने कार्यसूची तय गरेको हो ।

पुस २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारहरूको आफ्नो नाम फिर्ता लिन सक्ने छन् भने २८ गते उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम छ ।

राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । त्यही दिन नै मतगणना गरिने आयोगले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *