सभापति देउवा भक्तपुरस्थित सभासद् थापा निवासमा,स्वास्थ्यलाभको कामना

भक्तपुर। नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति भक्तपुर क्षेत्र नं २ का सभासद् दुर्लभ थापाको स्वास्थ्य स्थितीका बारेमा जानकारी लिनुभएको छ । सभापति देउवा थापा निवास सल्लाघारी पुगेर स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको हो । सो अवसरमा सभापति देउवाले सांसद थापाको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचार पद्धती र भविष्यमा गर्नुपर्ने स्वास्थ्य जाँचको बारेमा विस्तृत जानकारी लिनुभएको थापाको सचिवालयले जनाएको छ ।

सभापति देउवाले थापा निवासमा जम्मा भएका मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठलगायतका नेता कार्यकर्ताहरुसँग संक्षिप्त छलफल गर्दै जिल्लाको विकास र जनतालाई दिने सेवा सुविधा एवम् जनचाहनालाई नै प्रमुख कर्तव्य सम्झेर काम गर्न निर्देशन दिनुभयो । उहाँले पछिल्लो समय लोकतन्त्र विरोधी गतिविधि बढेको चर्चा गर्दै कांग्रेसको मुलमन्त्रलाई आत्मसाथ गर्दै जनताको सेवक भएर काम गर्न समेत निर्देशन दिनुभयो । सांसद थापा दाहिने पट्टिको हिप रिप्लेसमेन्ट सर्जरीपछि घरमा स्वास्थ्य लाभ गरिरहनुभएको छ । उहाँको भारतको दिल्लीस्थित फोर्टिस अस्पतालमा डा. सुनिल टुली नेतृत्वको टोलीले शल्यक्रिया गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *